विश्वमा २ करोड ५३ लाख ८२ हजारलाई कोरोना संक्रमण

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ५० हजार नाघेको छ ।
विश्वका २ सय १६ देशका २ करोड ५३ लाख ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएकामा त्यसमध्ये ८ लाख ५० हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, १ करोड ७७ लाख ४ हजार ८ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६८ लाख २७ हजार ४ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार १ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६१ लाख ७३ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ८७ हजार २ सय बढीको मृत्यु भएका छन् भने ३४ लाख २५ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३८ लाख ६२ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख २० हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३० लाख ३१ हजार ५ सय भन्दाबढी निको भएका छन् । यसैगरी छिमेकी मुलुक भारतमा ३६ लाख १९ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २७ लाख ७२ हजार ९ सय भन्दा धेरै निको भएका छन् ।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *