लामो दूरीको यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक

काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो ।

यसअघि भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौभर लब्याएको एक मन्त्रीले जानकारी दिएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *