९२७ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १०,२२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ८,९३९ जना रहेका छन् । आइसोलेसनमा १६,०१९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना निको भई शुक्रबार थप १६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,२४२ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा २२ जना र आइसियूमा १६४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । चार जना महिला र आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङका दुई महिला तथा भक्तपुर र मकवानपुरमा एक एक महिला छन् । त्यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीमा एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *