पुजारी हत्याको विरोधमा भएको राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागी केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, विजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ता छन् ।

उनीहरुलाई तत्काल रिहा गर्न र हत्यारालाई कानुनी कठघरामा उभ्याउन राप्रपाले माग गरेको छ । यसअघि गृह मन्त्रालयले हत्याको विरोधमा हुने प्रदर्शन दमन गर्न भन्दै सुरक्षा निकायलाई सर्कुलर गरेको गोप्यपत्र सार्वजनिक भएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *