थप ११ सय ११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,१११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २७० जनामा, भक्तपुरमा ४१ जना र ललितपुरमा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,६२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९,४८८ जना रहेका छन् । आइसोलेसनमा १५,२७३ सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ५६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,०७३ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिला र तीन पुरुष गरी थप आठ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा एक एक महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *