काठमाडौं । पोखरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भई भदौ सात गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ की ३२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

Leave a Reply