कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको खबरदारी

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले कुनै योजना नबनाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिले देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको जनाएको हो ।

काँग्रेसले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको काँग्रेसले जनाएको छ । काँग्रेस सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले प्रेस नोटमार्फत सरकारलाई कोभिड १९ को महामारीकाबीच गर्नुपर्ने १३ वटा बुँदा सुझाएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *