कोरोना संक्रमणबाट विराटनगरमा एक पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा आइतबार राति थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बिहीबार स्वाब संकलन गरिएको उनको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ बजे कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ बजे नै मृत्यु भएको कार्कीले बताइन् ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरको तयारी छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *