सेभिया छैटौं पटक युरिपा लिगको उपाधि जित्न सफल

फाइनल खेलमा स्पेनिस ला लिगा क्लब सेभिया युरोपा लिग च्याम्पियन बनेको छ । जर्मनीमा भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो । फाइनल खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदै सेभिया च्याम्पियन बनेको हो ।

पाँचौ मिनेटमा रोमेरु लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा सेभियाका लुक डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । ३३ औं मिनेटमा डि जोङले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २(१ गोलको अग्रता दिलाए ।

३५ औं मिनेटमा डिएगो गोडिनले गोल गर्दै खेल पहिलो हाफमा २-२ को बराबरीमा सकियो । तर दोस्रो हाफको अन्त्य तिर सेभियाले आत्मघाती गोल उपहार पाउदै खेलको ७४ औं मिनेटमा मिलानका लुकाकुले आत्मघाती गोल उपहार दिएपछी सेभियाले युरोपा लिगको उपाधी ३-२ गोलले उपाधी जितेको हो । यससँगै सेभियाले छैटौं पटक युरिपा लिगको उपाधि जितन सफल भएको छ ।