भदौ ४, पटना । भारतका बिहार राज्यका प्रहरी प्रमुख गुप्तेश्वर पाण्डे विवादमा परेका छन् । बलिहुडका कलाकार सुशान्त सिंहको रहस्यमय मृत्युको घटनामा सिबिआईले छानवीन गरिरहेको छ ।
यसै क्रममा सुशान्त हत्याकाण्ड कि एक आरोपी बलिउडकि कलाकार रिया चक्रवर्तिले बिहारका मुख्यमंत्री नितिशकुमार माथि अनावश्यक आक्षेप लगाएपछि प्रहरी प्रमुख पाण्डेले
मुख्यमंत्रीविरुद्ध आरोप लयाउने रियाको औकात नभएको बताएपछि यही औकात शब्दलाई लिएर विवाद भएको हो ।
प्रमरी प्रमुख पाण्डेले सुशान्तको हत्याको अभियुक्त भएकोले रियालाई उनले मुख्यमंत्रीलाई आक्षेप लगाउने हैसियत नपुगेको बताएको हो भनी सफाइदिएका छन् । हिजो भारतको सर्वोच्च अदालतले सुशान्त सिंहको मृत्युको छानवीन गर्ने भारतीय केन्द्रीय जांच व्यूरो (सिबिआई) लाई अनुमति दिएको छ ।
यस रहस्यमय मृत्यु प्रकरणमा महाराष्ट्रका केही राजनीतिक व्यक्तिका साथै बलिउडका केही कलाकार तथा निर्देशकहरुसमेत मुछिने संभावना प्रकट गरिदैआएको छ । यसै बीच महाराष्ट्रका मुख्यमंत्री र प्रहरी प्रमुखको राजनीनामाको मांग गरिएको खबर छ ।
कालापानी र लिपुलेकको नया नक्सा जारी गरेका सन्दर्भमा प्रधानमंत्री केपी ओलीका विरुद्ध दोषारोपण गर्ने भारतीय टेलिभिजन पत्रकार प्रवण गोस्वामीले सुशान्त मृत्यु प्रकरणका बारेमा स्टिंग अपरेसनका माध्यमबाट सबुत प्रमाण संकलन गरेर सार्वजनिक गरेपछि यो रहस्यमय मृत्यु प्रकरण अत्यन्त चर्चित काण्डको रुपमा अगाडि आएको छ ।
यो केशले महाराष्ट्रमा राजनीतिक उथलपुथल ल्याउन संभावना पर्यवेक्षकहरुले आंकलन गर्न थालेका छन् ।
Leave a Reply