काठमाडौंमा दुईथान पेस्तोल र १० राउन्ड गोली बरामद

भदौ ४, काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले हतियारसहित दुईजनालाई बालाजु माछापोखरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिखरबेसीका २७ वर्र्षीय विकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका १ का २८ वर्र्षीय अमर तामाङलाई रहेका छन् ।

विकेशलाई पक्राउ गरेपछि उनले आफूलाई हतियार अमरले दिएको कुरा प्रहरीलाई बताएको जनाइएको छ । महाशाखाका एसएसपी दीपक थापाका अनुसार अमरले पनि सो हतियार हतियार तथा खरखजाना डाका मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्र्कीको भएको बताएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा “कार्र्कीले उक्त हतियार लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेका धादिङका राजकुमार गुरुङलाई राख्न दिएको र राजकुमारले बालाजुको एक होटलमा राखेकोमा पछि त्यही हतियार विनोदसम्म पुगेको पाइएको छ ।”

पक्राउ परेका तामाङ यसअघि डाका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी ०७६ फागुनमा थुनामुक्त भएको खुलेको छ । बरामद हतियार र त्यसमा संग्लनहरुको खोजी जारी रहेको एसएसपी थापाले बताए ।

प्रहरीले विकेशको साथबाट अमेरिकामा बनेको भनेर लेखिएको दुईथान पेस्तोल, २ थान म्याग्जिन र १० राउन्ड गोली बरामद गरेको हो ।
कुन उद्देश्यले उक्त हतियार राखिएको हो थाहा हुन सकेको छैन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *