राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ  अन्त्येष्टि

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ  आज काठमाडौमा  अन्त्येष्टि गरियो । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो ।

राष्ट्रकविलाई सम्मान स्वरुप नेपाली सेनाको टुकडी र सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले  काठमाडौंको कपुरधारास्थित निवासमा पुुुुगेर  घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।