भारतीय क्रिकेट खेलाडी तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । भारतीय क्रिकेटका सबभन्दा सफल कप्तान भनिने धोनीले इन्स्टाग्राममा लेखेका थिए ‘तपाईँहरूको माया र सहयोगका लागि धन्यवाद। आज (शनिवार) साँझ ७.२९ बजेदेखि मैलै सन्यास लिएको छु।’
उनको सन्यास घोषणा सँगै १५ १६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको जादुमयी युग समाप्त भएको बीबीसी हिन्दीले लेखेको छ । सन्यास लिएपनि यो सीजनमा आइपीएलमा उनी चेन्नइ सुपर किङ्गका तर्फबाट मैदानमा उत्रने पनि बीबीसी हिन्दीले लेखेको छ । शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका महेन्द्रसिंह धोनीका लागि यस्तो कुनै पनि ट्रफी छैन जसमा उनले जित प्राप्त गर्न सकेनन् ।
उनले ५० ओभरको प्रतियोगितामा वर्ल्ड कप र च्याम्पियन्स ट्रफी जितेका छन् भने २० ओभरको खेलमा वल्र्ड टी २०, आईपीएल र च्याम्पिएन्स लीग जित्न सफल भएका छन् । टेस्ट म्याचमा उनले भारतीय क्रिकेट टोलीलाई प्रथम स्थानमा पनि पुर्याइसकेका छन्।
Leave a Reply