पर्साका थप ४५ जनामा कोरोना संक्रमण

वीरगंज । पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।

थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका बिभिन्न वडाका १३ जना , नारायणी अस्पतालका ७ जना , प्राईम फर्मा उद्योगका ६ जना , नारायणी अस्पतालको आइसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना , एक जना पत्रकार , वयोधा अस्पतालका तीन जना कर्मचारी , पर्साकै पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना , पर्साकै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् । त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना छन् ।

योसँगै पर्सामा संक्रमितको संख्या एक हजार २३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

यसैबीच शुक्रबार र शनिबार गरी दुईदिनमा पर्साका ७० जना संक्रमितहरु कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *