मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना पुरुष र ३ जना महिला गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।

चौलागाईका अनुसार, हेटौंडाका १२ जना, मनहरीका १ जना र अन्य जिल्ला घर भई हाल हेटौंडा बस्ने ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा–३ का १ जना पुरुष, हेटौंडा–५ का १ जना पुरुष, हेटौंडा १८ का १ जना पुरुष, हेटौंडा–८ का १ जना महिला र २ जना पुरुष गरी ३ जना, हेटौंडा–४ का ३ जना पुरुष, हेटौंडा–६ का १ पुरुष र १ जना महिला, हेटौंडा–१० का १ जना पुरुष, मनहरी गाउँपालिकाका वडा नम्बर ७ का १ जना रहेका छन् ।

त्यस्तै, पर्सा स्थायी घर भई हाल हेटौंडा बस्ने ४ जना, बारा ठेगाना भई हेटौंडा बस्ने १ जना, उदयपुर ठेगाना भई हेटौंडा बस्ने १ जना र रौतहट ठेगाना भई हेटौंडा बस्ने १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *