सिन्धुपाल्चोकका पहिरो पीडितलाई उचित राहत उपलब्ध गराउन राणाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट पीडित भएका परिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘अविरल बर्षापछि आएको पहिरोको कारण आज शुक्रबार विहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लिदीमा ठूलो जनधनको क्षति भएकोमा म अत्यन्त दुःिखत छु,’ राप्रपा अध्यक्ष राणाले शुक्रबार एक सन्देशमा भने ।

‘दुःखको यस घडीमा पहिरोमा परी मृत्यु हुनेहरूको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्घार तथा राहतको लागि सम्बन्धित सम्पूर्णमा हार्दिक आह्वान गर्दछु,’ उनले भने ।

यसैगरी राप्रपा सिन्धुपाल्चोकले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतक र घाइते परिवारको उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ । मृत आत्माको चिर शान्तिको कामना गरेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *