नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको हो ।
२९ जना राष्ट्रिय फुटबल टिमका सदस्यहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमा २८ को कोरोना रिपोर्ट नेगेटिभ आउँदा एक सदस्यको भने फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको एन्फाले जानकारी दिएको छ ।
तर, किन फेरि कोरोना परीक्षण गर्नुपर्ने भन्ने बारे एन्फाले खुलाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार बाँकी रहेका २३ खेलाडी र ६ जना टिम अफिसियल गरी २९ जनाको कोरोना परीक्षण गराएको थियो ।
Leave a Reply