थप आठसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालका कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै धादिडका ३२ वर्षका पुरुषको, धनुषाका एक पुरुष, धनुषाकै एक महिला, सप्तरीका ७२ वर्षीय पुरुषको, मोरङका ५५ वर्षीय पुरुषको, कपिलवस्तुका ४२ वर्षीय पुरुषको र बाराको कलैयाका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

क्वारेन्टाइनमा १४,८४६ जना रहेका छन् । आइसोलेसनमा ७,६१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार थप ६४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,७२८ पुगेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *