१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

काठमाडौं । सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीसँग १७ हजार घुसररिसवत लिएको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा यादव, सवडिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *