लण्डन । भारतका राष्टपिता महात्मा गान्धीको चस्मा संयुक्त अधिराज्य
लिलाम गरिने भएको छ । बेलायतको हनाम स्थित ईष्ट ब्रिष्टल्स कम्पनीले यही अगष्ट २१ तारिखका दिन गान्धीको प्रसिद्ध गोलाकार एक सेट चस्मा लिलाम हुने भएको हो ।
कम्पनीका प्रमुख एण्डी स्टोवका अनुसार स्वर्ण प्लेटिंग गरिएको उक्त चस्मा महात्मा गान्धीले दक्षिण अफ्रिकामा बस्दा सन् १९१० देखि १९३० को दशकमा लगाएको बताइएको छ । उक्त चस्मा ब्रिटिश पेट्रोलियम कम्पनीमा काम गर्ने व्यक्तिलाई महात्मा गान्धीबाट उपहारमा दिइएको उक्त चस्मा अहिलेका अज्ञात स्वामित्वधारीका हजुरबाले खरिद गरेको बताइएको छ । कसले लिलाम गर्न लागेको हो,उक्त कुरा गोप्य राखिएको छ ।
सो चस्मा न्यूनतम् ६ हजार स्टर्र्लिग पाउण्ड (११ लाख रुपैया) बाट सुरु भएको अनलाइन लिलामको बढाबढ अहिले १५ हजार (२४ लाख रुपैया) पाउण्ड पुगिसकेको छ । न्यूनतम लिलामी मूल्य लिलामकर्ता कम्पनीले अहिलेका चस्माधनीलाई भन्दा उनी झण्डै रन्थनिएर कुर्सिमै बेहोसको भएको बताइएको छ । । उक्त चस्माको ऐतिहासिक महत्व भएकोले अगष्त २१ सम्ममा दुई करोड रुपैया सम्ममा लिलाम बिक्री हुने अनुमान गरिएको छ ।
Leave a Reply