काठमाडौं । नेपालमा पछिल्लोल २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनो संक्रमण पुष्टि भएको हो । काठमाडौंमा थप ३६ जनामा, ललितपुरमा ४ र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,४३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १०,७५९ जना छन् । आइसोलेसनमा ६७३८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,७९३ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाँकेको कोहलपुरका ७० वर्षकी महिलाको साउन २५ गते, पर्साकी ४५ वर्षकीकी महिला, काठमाडौं मध्यबानेश्वरका ७६ वर्षका पुरुष र कीर्तिपुरका ६४ वर्षका पुरुषको सोमबार निधन भएको हो ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । क्वारेन्टाइनमा १०,७५९ जना छन् । आइसोलेसनमा ६७३८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,७९३ पुगेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply