गौतम बुद्ध नेपालमै जन्मेका ऐतिहासिक र पुरातात्विक प्रमाण छन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने विवाद नरहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको जनाएको छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेको भोलिपल्ट आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी यो एउटा स्थापित र निर्विवाद तथ्य भएको बताएको हो ।

उसले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् र यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक भएको उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्री जयशंकरले शनिबार दिल्लीमा आयोजित भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । जयशंकरले आफ्नो सम्बोधनको क्रममा भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छन् ।’

मन्त्रालयको विज्ञप्तीमा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेको उल्लेख गरिएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *