कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको छ । अस्पतालका अनुसार सर्लाहीको मलंगवाकी वृद्धाको मृत्यु भएको हो ।

ती महिला सर्लाहीबाट ज्वरो र निमोनियाको समस्याबाट ग्रस्त भइ रिफर भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन् ।

त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा स्वाब संकलनका गर्दा उनको साउन १८ गते कोरोना पुष्टि भएको थियो । थप उपचारका लागि साउन १९ गते उनलाई प्रहरी अस्पताल भर्ना गराइएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *