चितवन, २५ भदौ । भरतपुरको चितवन मेडिकल कलेज अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको छ ।
अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीको भनाई छ । अस्पताल भित्र जान खोजेका विद्यार्थीलाई प्रहरीले लखेटेको थियो । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
यसअघि आजै प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दसमेत आन्दोलनकारी १६ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने र अस्पतालमा हुल हुज्जत गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।
Leave a Reply