केशवप्रसाद भट्टराई ।
नित्य तर्पण गर्दा तिलको प्रयोग गरौँ वा नगरौँ ?
धर्मशास्त्रीहरुले केही निर्देशन दिनु हुन्छ कि ?
धेरै अघि कतै पढेको थिएँ — विहान पहिलो प्रहर भित्र पितृहरूलाई तर्पण दिए तर्पणमा दिइएको पानी पितृहरूलाई अमृतको रूपमा प्राप्त हुन्छ,
दोस्रो प्रहरमा दिइएको पानी दुधको रूपमा ,
तेस्रो प्रहर—– पानीको रूपमा ——-
दिनको दुई चार मिनेटको समय छुट्याएर त्यसरी तर्पण दिँदा आफूले दिएको पानी आफ्ना पितृहरूलाई अमृतको रूपमा प्राप्त हुन्छ भने किन नदिनु भनेर मैले सङ्क्षिप्त विधिबाट तर्पण गर्न थालेको धेरै वर्ष भयो ।
त्यो लोभ ममा रहेकै छ ।
पितृहरूलाई तर्पण दिँदा तिलको प्रयोग गरिने नै भयो ।
तर केही निश्चित बार र तिथिहरूमा घरमा तिलले तर्पण नगर्नु भनेर कतै लेखिएको रहेछ ।
अव नित्य तर्पण गर्नेले सधैँ तिथि र वार सम्झिरहन सम्भव भएन !
नगर्नु भनेको काम गर्न पनि मिलेन !
अव म नित्य तर्पण गर्दा तिलको प्रयोग गरौँ वा नगरौँ ?
धर्मशास्त्रीहरुले केही निर्देशन दिनु हुन्छ कि ?
Leave a Reply