भारतमा गहिरो धार्मिक द्वन्द्वको बिजारोपण हुँदै

भरत दाहाल ।

आरएसएसलाई उकासेर पश्चिमाहरुले सन् १९९२ मा अयोध्याको वावरी मस्जिद ढाल्न लगाए। अयोध्यामा राम मन्दिर बनाउन दिने ईण्डियन अदालतको निर्णयपछि तिनै पश्चिमाहरुले यसका विरुद्धमा ईण्डयाभरीका अम्बेडकरवादी, मुस्लीम, शिख र जैनहरुलाई एक ठाउँमा ल्याए। भोली अगस्त ५ तारेखका दिनदेखि ईण्डियन समाज २ थरी धार्मिक/सांस्कृतिक आवरणको राजनीतिक कित्तामा विभाजित हुँदैछ। जसरी कोरोना महामारीपछि अमेरीका र यूरोपमा काला र गोराहरुको द्वन्द्व गहिरो हुँदै गएको छ, त्यसै गरी ईण्डियामा गहिरो धार्मिक द्वन्द्वको बिजारोपण हुँदैछ।

गलत साईतमा मन्दिरको शिलान्यास गर्ने निर्णय गरेकाे भनेर चौतर्फि भएको विरोधलाई नसुनेझैं गरी आरएसएसले अगस्त ५ को दिन नै छानेको छ। यो दिनलाई धार्मिक पात्रोका आधारमा नभई काश्मीरको स्वायत्तता अपहरण गरिएको दिन पारेर चयन गरिएको छ। यस दिनको चयनले ईण्डिया गहिरो आन्तरिक द्न्दमा फसेको संकेत मात्र गर्दैन कि यसलाई असमाधेय संकटको दुश्चक्रमा फसाउने पश्चिमाहरुको संरचना कति प्रभावकारी छ भन्ने यथार्थता पनि देखिन्छ। बेलायतीहरुको रणनीतिमा बनाईएको आरएसएस नै ईण्डियाको विसर्जनको कारण बन्न सक्ने संभावना प्रबल छ।

वावरी मस्जिद कसको योजनामा ढालिएको थियो भन्ने कुरा रहस्यको गर्भमा छ। त्यसबेला रथ यात्राको नेतृत्व गर्ने लालकृष्ण आडवाणीले यसमा आफ्नो हात नरहेको र आफूलाई जानकारी पनि नभएको बयान अदालतमा दिएका छन्। मुद्दा लागेका अरु नेताहरुले पनि वावरी मस्जीद विध्वंश गर्ने कुनै याेजना नभएकाे भन्दै अदालतमा यसकाे जिम्मा लिन ईन्कार गरेका छन्। उनीहरुको बयानले मस्जीद विध्वंश गर्न अरु कसैले टीम परिचालन गरेको यथार्थता स्पष्ट हुन्छ। यस्तो अन्योलको परिस्थितिका बिचमा राम मन्दिर बनाउने ठाउँमा बौद्ध धर्म सम्बन्धि स्मारकहरु बनाउनका लागि मुस्लीम, शिख र जैन समुदायले सहमति दिने लक्षण देखाएका छन्। यसो भयो भने ईण्डियन समाज कथित हिन्दू र गैर-हिन्दूका नाममा द्वन्दमा फस्ने संभावना तिब्र भएर जानेछ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *