बिलकुलै नायाँ गीत ‘आटो पिठो’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेको उक्त गीत सार्वजनिक भएको हो ।
यस गीतमा नायक पल शाह र नायिका एलिजा गौतमको जोडदार अभिनय रहेको छ । दीपक शर्माको शब्द, संगीत रहेको गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । गीतमा माया प्रेमका भाब राखिएको छ । भिडिओको छायाँकन भने रामकुमार केसीले गरेका छन् । गम्भिर बिष्टको कोरियोग्राफी गरेका हुन् भने भिडिओको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहको रहेको छ ।
Leave a Reply