• पात्रो
  • मौसम booked.net

चुनावमा धाँधली हुने ट्रम्पको दाबी

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्रेटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन् । दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए । उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने भन्दै यो चुनाव हामीले जित्नै पर्ने बताए ।

उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्रेटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन् । यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ । स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ । ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन् ।

मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ । ट्रम्पका निम्ति रिपब्लिकन दलको भेला यो स्थिति उल्ट्याउने उत्तम अवसर हुनसक्छ । यो भेलामा ट्रम्पकी पत्नी मेलानियाका साथै उनका छोराछोरीहरू एरिक, जुनियर डोनल्ड, इभाना तथा टिफनीले पनि भाग लिनेछन् । उनीहरूले भेलालाई सम्बोधन पनि गर्दैछन्। बिहीवार ट्रम्पले भेलाको समापनमा महत्वपूर्ण सम्बोधन गर्नेछन् ।

९ भाद्र २०७७, मंगलवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: