कोरना कहरका बीच नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्न नयाँ लोक दोहारी गीत सार्वजनिक भएको छ । गायक जयराम खड्का र गायिका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको हो । उक्त गीतमा गायक खड्काको मिठासपूर्ण स्वर सुन्न सकिन्छ ।
भिडियोमा आयुष्मा कार्की र प्रदीप रोकाको अभिनय रहेको छ । गीतका शब्द बिदुर आपागाईंले लेखेका हुन् भने लय र संगीत संयोजन पनि खड्काको नै रहेको छ ।
गोपाल थापाको निर्देशनमा बनेको उक्त भिडियोमा विपिन क्षेत्रीको छायांकन रहेको छ । भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् । गायक खड्काले हालसम्म एक दर्जनबढी गीतहरु सार्वजनिक गरी सकेका छन् ।
Leave a Reply