काठमाडौं उपत्यकामा बुधबार रातीबाट जारी निषेधाज्ञा अवज्ञा गर्दै सवारी चलाउने करिब ९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार १ बजेसम्मको तथ्यांकमा ८ सय ९३ वटा सवारी साधनलाई कारबाही गरिएको हो । जसमा ६ सय ९८ दुई पाङ्ग्रे र १ सय ९५ चार पांग्रे सवारी रहेका छन्। ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालले सरकारको निर्णयलाई अटेर गर्ने जो कसैलाई पनि कानूनी दायरामा ल्ययाउने बताएका छन् ।
यो निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहने छ । गएराती १२ बजेदेखि नै लागू हुने गरी उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो ।
Leave a Reply