साउन २७, मुम्वई । भारतकि टेलिभिजन अभिनेत्री काम्या पंजाबी मृतक अभिनेता सुशांत सिंह राजपूतका परिवारलाई न्याय दिलाउन सक्रिय रहेको खबर छ ।
हालै शिवसेना भारतका सांसद संजय राउतले शिवसेनाको मुखपत्र सामनामा सुशांतका पिताद्वारा बहुविवाह गरेको कारण सुशान्तको आफ्ना बाबुसंगको सम्बन्ध बिग्रेको कुरा बताएपछि अभिनेत्री काम्याले त्यस कुराको कडा प्रतिवाद गरेकि छन् ।
नेपालको विराटनगर नजिकैको भारतको पूर्णिया जिल्ला निवासी सुशान्त सिंह फिल्मी नगरी मुम्बईका उदियमान कलाकार थिए । उनको केही साता अघि रहस्यमय तरिकाले मृत्यु भएपछि भारतभर हंगामा मच्चिएको थियो ।
बलिवुडका केही कलाकार र प्रडयुसरहरुलाई अहिले भारतीय प्रहरीले मुद्दा चलाइरहेको छ ।
Leave a Reply