माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।
साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै ‘वुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दु:खद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।
Leave a Reply