‘रातो सारी लरक्कै’ (भिडियोसहित)

सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै ’को भिडियो रिलिज गरेकी छन् । भिडियोको हिसाबले यो चौथो र रेकर्डिङको हिसाबले यो छैटौं गीत हो । शान्तिप्रियको यो वर्षको पहिलो तीज गीत हो ।

यो गीतमा सन्तोष श्रेष्ठको संगीत, सुदीप सागरको संगीत संयोजन, दीप घतानीको रेकर्डिङ तथा मिक्सिङ रहेको छ । यस गीतको भिडियोमा राजु केसीको छायांकन, राहुल श्रेष्ठ, छवि थापामगरको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डंगोल र लक्ष्मी महर्जनको शृंगार छ ।

विलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको मुख्य भूमिका छ । भिडियोलाई सञ्चारकर्मी तथा निर्देशक डब्बु क्षत्रीले तयार गरेका हुन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *