अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ । कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए ।
उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।
फेसबुकका प्रवक्ताले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता युक्त दाबी गलत र हानिकारक भएकाले हटाएको जनाएका छन् । बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ ।
Leave a Reply