बारमा तानातान

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको मतदानको  एक तिहाई मतगणना सकिएको छ । प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले ३० वटा मतदान केन्द्रका ३ हजार बढी मतगणना सकिएको जानकारी दिएका छन् ।

सवैभन्दा बढी मतदाता रहेको काठमाण्डौंसहित नेपालगञ्ज, महेन्द्रनगर, घोराही र दाङको मतगणना बाँकी रहेको खड्काले बताए । मुलुकभरका विभिन्न ३५ वटा मतदान केन्द्रबाट ८ हजार ३ सय २९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो गणना अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेलले अग्रता लिएका छन् । महासचिवमा पनि सोही समूहका लीलामणी पौडेलको अग्रता छ । पछिल्लो परिणामअनुसार पोखरेलले एक हजार ४ सय ३१ मत प्राप्त गरेका छन् भने प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।  प्रमुख निर्वाचन अधिकृत खड्काले भोलि बेलुकासम्म अन्तिम नतिजा आइसक्ने बताए । २५ सदस्यीय कार्यसमितिका लागि गत शनिवार मतदान सम्पन्न भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *